दैलेख : कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा परिवारलाई पाँच लाख रुपैयाँ दिइने

 बैशाख ७, २०७७ आइतबार २१:७:५८ | अमर सुनार
unn.prixa.net

दैलेख – आठबीस नगरपालिकाले कोभिड–१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा उनीहरुका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता िदने निर्णय गरेको छ । 

आइतबार कार्यपालिकाको ५१ औं बैठकले उक्त निर्णय गरेको नगरप्रमुख खड्गप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

कोरोना रोकथामका लागि करारमा कार्यरत स्वास्थ्यकर्मी बिरामी परे ५० प्रतिशत उपचार खर्च बेहोर्ने तथा मृत्यु भएमा करार कर्मचारीका परिवारलाई एकमुष्ठ पाँच लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णयमा खुलाइएको छ ।

कोरोना रोकथाममा प्रोत्साहित गर्न नगरपालिका अन्तरगतका सबै स्वास्थ्यकर्मीलाई तलब स्केलको ५० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता दिइने पनि नगरप्रमुख उपाध्यायले बताउनुभयो ।

प्रोत्साहन भत्ता मासिक तलbसँगै उपलब्ध गराइने छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया