रुपन्देहीका पहिलो कोरोना सङ्क्रमित 'डिस्चार्ज'

 बैशाख ३०, २०७७ मंगलबार २०:३३:४७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीका पहिलो कोरोना सङ्क्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । बुटवलकाे धागाे कारखानामा रहेका कोरोना विशेष अस्पतालले साँझ ती युवकलाई डिस्चार्ज गरेको हो । 

तेस्राे पटकसम्म परीक्षण गर्दा युवककाे रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।

कोटहीमाई गाउपाँलिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । वैशाख ५ गते भारतको मुम्बईबाट आएका युवक लुकीछिपी नेपाल प्रवेश गरेका थिए । वैशाख १९ गते कोरोना पुष्टि भएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो । 

 रुपन्देहीमा कोरोना सङ्क्रमित अन्य १५ जनाको त्यही अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया