पाँचथरमा फौजी किराकाे प्रकाेप : मकै बारीमै मर्न थाले

 जेठ ४, २०७७ आइतबार ७:१०:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल तस्बिर

पाँचथर – जिल्लाका ८ वटै पालिकामा लगाएको मकै बालीमा फौजी किराको आतंक सुरु भएको छ ।

जिल्लाको कुम्मायक, तुम्वेवा, मिक्लाजुङ, फिदिम नगरपालिका र हिलिहाङ पालिकाको भारपा, पञ्चमी, सुभाङ्ग, अमरपुर लगायतका क्षेत्रहरु फौजी किराको उच्च जोखिममा रहेका छन् । 

अमेरिकी मिचाहा जातको फौजी किराले छोटो समयमा ठूलो क्षति पु¥याएपछि नियन्त्रणमा चुनौती देखिएको छ । बारीमा गोड्ने अवस्थाका मकै फौजीले किराले मार्न थालेको हिलिहाङ्ग गाउँपालिका वडा नं ४ का कृषक डिल्लराम चम्लागार्इँले बताउनुभयो । 

जिल्लामा किसानले लगाएको मकैबालीमा खडेरी र फौजी किराको प्रकोपका कारण वर्षेनी उत्पादन घट्दै गएको छ । किराले मकैको पात र गुबो खाएर मार्ने गरेको छ । 
यस्तै जिल्लाको सुख्खाक्षेत्र कुम्मायक र तुम्बेवा तथा फाल्गुनन्द गाउँपालिकाका किसानले लगाएको मकैबालीमा किराको यस अघि नै आतंक देखिएको छ । 
यस क्षेत्रमा अघिल्लो वर्ष पनि फौजी किराको प्रकोपले मकै उत्पादनमा ठूलो क्षति पु¥याएको थियो ।

किरा नियन्त्रणका लागि पालिकाहरुले बढाए सक्रियता

जिल्लमा फौजी किराको प्रकोप बढ्न थालेपछि पालिकाहरुले नियन्त्रणका लागि सक्रियता देखाएका छन् । 
जिल्लाको हिलिहाङ्ग गाउँपालिकाले किरा नियन्त्रणका लागि सकृयता बढाएको छ । किसानले लगाएको मकै बालीमा किराको प्रकोप देखा पर्न थाले पछि पालिकाले किरा नियान्त्रणका लगि सक्रियता बढाएको हो । 

पालिकाले सबै वडाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा विशादि तथा स्प्रे मेसिन वितरण गर्ने तयारी गरिएको पालिका अध्यक्ष भवानी लिङदेनले बताउनुभयो । 

यस्तै जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाहरुले पनि कृषकहरुलाई अनुदानमा विषादी तथा स्प्रे मेसिन वितरण गरिरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया