चीनको सियानबाट काठमाण्डौको लागि कार्गो सेवा सुरु

 जेठ ११, २०७७ आइतबार १५:३७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनको उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सियानबाट काठमाण्डौको लागि कार्गो सेवा सुरु गरिएको छ । सियान सहरबाट पिभिसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरु बोकेको काग्रो रेल शुक्रबार चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेको लागि प्रस्थान गरेको हो । 

सिगात्सेमा कार्गो रेलबाट सामानहरु ट्रकमा राखिने र काठमाण्डौ पुर्याइने चाइना रेलवे सियान ग्रुप कम्पनी लिमिटेडलाई उद्धृत गर्दै सिन्ह्वा न्यु एजेन्सीले जनाएको छ । ट्रकमा राखिएका सामान नेपाल–चीनबीचका प्रमुख नाकाहरु तातोपानी र रसुवागढी हुँदै नेपाल भित्रिने छन् । 

अहिलेपनि चीनका अन्य प्रान्तबाट सिगात्सेसम्म नेपालका लागि कार्गो आउने गरेको छ । शुक्रबार हिँडेको कार्गो सामान काठमाण्डौ आइपुग्न आठ दिन लाग्ने सिन्ह्वाले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया