कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
स्याङ्जा - स्याङ्जामा फेरि २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतबाट जेठ ११ गते आएर गल्याङको मालुङ्गा स्थित क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु गल्याङ नगरपालिकाका २७ र ४० बवर्षका पुरुष रहेका छन् ।
दुवै जनालाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको गण्डकीे प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले विज्ञप्ति निकालेर जानकारी दिनुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसलाई पुष्टि गर्न बाँकी छ ।
गल्याङमा पुष्टि भएका दुवै सङ्क्रमित भारतबाट आएका हुन् । विभिन्न साधन प्रयोग गर्दै सुनौलीसम्म आएका उनीहरु सुनौलीबाट भने बसमा गल्याङसम्म आएका पाइएको छ ।
उनीहरु जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समूहमा स्याङजामा आएको टोलीमध्येका हुन् । यसअघि उनीहरुकै टोलीमा आएका वालिङका ३ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।