चीनमा नयाँ सङ्क्रमित थपिए

 जेठ २२, २०७७ बिहिबार ८:१७:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बिहीबार चीनमा एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे पुष्टि भएकाे छ । 

समाचार एजेन्सी राेयटर्सले चीनकाे स्वास्थ्य विभागकाे रिपाेर्टलाई उद्धृत गर्दै भनेकाे छ, 'चार वटा यस्ताे मामिला पनि सार्वजनिक भएकाे छ, जसमा सङ्क्रमणकाे कुनै लक्षण देखिएकाे छैन ।' याे घटना जुन ३ तारिखकाे हाे । 

नेशनल हेल्थ कमिसनका अनुसार सबै सङ्क्रमित चीनबाहिरबाट आएका व्यक्तिमा देखिएकाे हाे । उनीहरुले भर्खरमात्रै विदेशकाे यात्रा गरेका थिए । 

गएकाे जुन २ तारिखमा पनि पाँच जनामा काेराेना पुष्टि भएकाे थियाे, जसमा सङ्क्रमणकाे कुनै लक्षण देखिएकाे थिएन । 

चीनले सङ्क्रमित हुनेकाे सङ्ख्याकाे रेकर्ड राख्ने क्रममा लक्षण नदेखिएका सङ्क्रमितलाई गन्दैन । 

चीनमा अहिलेसम्म ८४ हजार एक सय ५९ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ भने चार हजार ६ सय ३८ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया