डोटीमा खाना पकाउने ग्यासमा पसलैपिच्छे भाउ फरक

 असोज ४, २०७७ आइतबार १०:५:४९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा खाना पकाउने ग्यासको पसलैपिच्छे भाउ फरक हुने गरेको पाइएको छ ।

सरकारले प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ तोकेको भए पनि डोटीमा व्यापारीले भाउ बढी लिने गरेको उपभोक्ताको गुनासो छ । त्यसमा पनि पसलैपिच्छे भाउ फरक-फरक हुने गरेको छ । ग्यास डिलरमा एउटा भाउ तथा सब डिलरमा अर्को भाउ लिएर बिक्री-वितरण हुने गरेको छ । मुख्य बजारमा भन्दा ग्रामिण क्षेत्रमा भाउ धेरै फरक पर्ने गरेको छ ।

डोटीमा १४ सय ५०, १५ सय तथा १६ सय रुपैयाँसम्ममा किन्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ । डोटीको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने ग्यासको भाउ फरक पर्ने गरेको शिखर नगरपालिका-२ कालागाढका हर्कबहादुर साउदले बताउनुभयो ।

दिपायल पिपल्लाका रेडिएण्ट ग्यासका व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले १३ सय १३ रुपैयाँ ७५ पैसामा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको अनि पछि आफूबाट लिने गरेका कारण बढी मूल्यमा बेच्ने गरेको बताउनुभयो ।

ग्यास बिक्रेताले फरक मूल्यमा ग्यास बिक्री-वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले अनुगमन नगरेको पिपल्लाका हरि विकले बताउनुभयो । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सरकारले तोकेको रकमभन्दा बढी ग्यासको मूल्य लिएर बिक्री गर्ने व्यापारीलाई कारबाही हुने बताउनुभयो ।

कुन पसल तथा व्यापारीले बढी मूल्य लिएर ग्यास बिक्री गर्ने गरेका छन् यसबारे जानकारी लिन र अनुगमनसहित कारबाही गर्नका लागि आफूले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया