चाडपर्व नजिकिएसँगै फिदिमको रातोमाटोको कारोबार बढ्यो

 असोज ३०, २०७७ शुक्रबार १४:६:२८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - दशैँ तिहार नजिकिएसँगै पाँचथरको फिदिममा राटो माटोको कारोबार बढेको छ ।

स्थानीय चारखम्बेको रातोमाटो दशैँ तिहारको समयमा बर्सेनि बिक्री हुने गर्दछ । घर पोत्न र सिँगार्न प्रयोग गरिने रातोमाटो प्रतिबोरा ६० देखि १ सय रुपैँयामा बिक्री भइरहेको छ । यहाँको रातोमाटो पाँचथर जिल्लासँगै तेह्रथुमको आठराई क्षेत्र, ताप्लेजुङ, इलाम र झापासम्म पनि बिक्री हुने गर्दछ ।

रातोमाटो बेचेरै दशैँ, तिहार खर्च जुटाउँदै आउनु भएकीे चारखम्बेकी मिरा गुरुङलाई अहिले रातो माटो बेच्न भ्याइ-नभ्याइ छ । उहाँ ५ वर्षयता यहाँको माटो बेचेर दशैँ तिहार खर्च जुटाउँदै आएको बताउनुहुन्छ।अघिल्लो वर्ष रातोमाटो बेचेर डेढ लाख रुपैयाँ आम्दानी गरेको गुरुङको भनाइ छ ।

उहाँले चारखम्बेमा रहेको आफ्नै जग्गाबाट ५ जना कामदार लगाएर रातोमाटो निकालेर बिक्री गरिरहनुभएको छ ।यस क्षेत्रमा आफ्नै जग्गा नहुनेहरुले पनि जग्गाधनीलाई प्रतिबोरा १५ रुपैयाँ दिएर रातोमाटो निकालेर बिक्री गर्ने गर्दछन् ।

फिदिम-४ का क्षितिज खवासले जग्गा लिजमा लिएर रातोमाटो निकालेर बेचिरहनु भएको छ । दशैँ तिहारको समयमा जग्गा लिजमै लिएर भएपनि दशैँ तिहार खर्च जुटाउँदै सहजै जुटेने उहाँको भनाइ रहेको छ । यहाँको माटो ट्रयाक्टरमा हालेर गाउँगाउँमा लगेर बिक्री गर्ने गरिन्छ ।

विभिन्न ठाँउबाट एक महिनाअघि देखिनै माटो किन्नेहरु यहाँ आउने गर्दछन् ।  अरु ठाँउमा पाइने रातोमाटोभन्दा यहाँ पाइने माटो चम्किलो हुने भएकाले यहाँको रातोमाटोको धेरैको रोजाइमा पर्ने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया