जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ ।
आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । गएकाे हप्ताकाे बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । त्याे रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ । बजारमा दुई सय एक कम्पनीको ६३ हजार पाँच सय ७० पटकको कारोबारबाट एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता शेयर खरिद/बिक्री भएको छ ।
कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अङ्कले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अङ्कमा बन्द भएको छ । दिनभर नेप्सेमा झण्डै ५० अङ्कको उतारचढाव देखिएको छ । सेन्सेटिभ परिसूचक पनि २ अङ्कले बढेर ३ सय ४५ अङ्कमा बन्द भएको छ ।
कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य समूहबाहेकका सबै समूहका सूचकहरु घटेका छन् । यसअघिका दिनहरूमा व्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरू ती क्षेत्रको शेयर बिक्री गरी बैंकतर्फ आकर्षित भएको देखिन्छ । त्यसैले अन्य समूहमा दबाब भइरहँदा पनि बैंकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ ।
विकास बैंक शून्य दशमलव ६४ प्रतिशत र अन्य समूह शून्य दशमलव १ प्रतिशत बढेको छ । लगानीकर्ताहरू तुलनात्मक रूपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका शेयर खरिद गर्न झुम्मिएको देखिन्छ । घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ । यस्तै होटल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचल फण्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ ।
आइतबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ५८ करोड ५८ हजार रुपैयाँको भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ७३ लाख रुपैयाँ र नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसबाहेक २० करोेड रुपैयाँ बढीको शेयर कारोबार हुने कम्पनीहरूमा हिमालयन डिस्टिलरी, नेपाल बैंक, प्रभु बैंक, नबिल बैंक, नेको इन्स्योरेन्स, शिवम् सिमेन्ट रहेका छन् ।
सिटिजन्स म्युचल फण्ड दोस्रोका इकाइ धनीहरूले १० प्रतिशतले कमाएका छन् । यस्तै जानकी फाइनान्सका शेयरधनीले ९ दशमलव २१ प्रतिशतले कमाएका छन् । बजारमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिए पनि माउन्टेन हाइड्रो नेपालका शेयरधनीले भने ८ दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।