कालीगण्डकी कोरिडोर अन्तर्गतकाे पर्वतखण्डमा कालोपत्रे गर्न सुरु

 फागुन १७, २०७७ सोमबार ९:१३:३१ | सन्तोष थापा
unn.prixa.net

पर्वत - भारत र चीन जोड्ने कालीगण्डकी काेरिडोर अन्तर्गत पर्वतखण्डमा कालोपत्रे गर्ने कार्य सुरु भएको छ । 

पर्वतको रानीपानीदेखि कुर्घा हुँदै फलेवाससम्म २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको हो ।

आयोजित शिलान्यास कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै विकास निर्माणले गति लिएकोमा खुशी व्यक्त गर्नुभयो । 

उहाँले अब पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको बताउँदै जिल्लावासी भएको नाताले विकासमा सँधै हातेमालो गरेको बताउँदै कुनै पनि पालिका र वडाहरुमा जाँदा कच्ची बाटोमा हिँड्नुपर्ने अवस्था नआउने बताउनुभयो । 

जिल्लाको बिहादी गाउँपालिका-३ रानीपानीदेखि फलेवाससम्मको खण्डका लागि आवश्यक १ अर्ब २३ करोड बजेट विनियोजन भएको कालीगण्डकी कोरिडोर गैडाकोट राम्दी मालढुंगा सडक आयोजनाका प्रमुख सुवाेध देवकोटाले बताउनुभयो। 

बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागि समेत अर्थ मन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रेको काम सुरु हुन लागेको हो । दुई हप्तापछि सडक कालोपत्रेको काम तीव्र गतिमा हुने आयोजना प्रमुख सुवाेध देवकोटाले जानकारी दिनुभयो । देवकोटाले आउँदाे दुई वर्षभित्रै सडक कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।  

कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोटदेखि पर्वतको मालढुंगासम्मको २ सय ४५ किलोमिटर सडकखण्डमध्ये गैँडाकोटदेखि राम्दीसम्मको १ सय ३१ किलोमिटर सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । 

अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भइसकेको र चालु आर्थिक बर्षमा ७० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रमुख देवकोटाले बताउनुभयो । यो सडक व्यापारिक तथा धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ ।

त्रिवेणीधाम, मोदीवेणी धाम, वाल्मीकि आश्रमलगायतका धार्मिक क्षेत्रको विकासको लागि सडक महत्त्वपूर्ण रहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया