बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै

 फागुन १७, २०७७ सोमबार २०:४१:३९ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । बाघको आक्रमणबाट सोमवार राजापुर नगरपालिका १० बस्ने ६५ का लालबहादुर थारुको ज्यान गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवक्री क्षेत्र गेरुवा गाउँपालिका ६ नौरंगापुरमा भैसी चराउन गएका थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीको सहायताले खोजी गर्दा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बाघको आक्रमणबाट बर्दियामा एक वर्षमा सात जनाले ज्यान गुमाएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया