हेटाैँडा उपमहानगरमा काेराेना सङ्क्रमित बाेक्न निःशुल्क एम्बुलेन्स

 बैशाख २३, २०७८ बिहिबार २०:३१:४८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले कोरोना भाइरस सङ्क्रमित बिरामी घरबाट अस्पताल वा आइसोलेशनमा ल्याउनका लागि निःशुल्क एम्बुलेन्सकाे व्यवस्था गरेको छ ।

सङ्क्रमित बिरामीलाई ल्याउनका लागि कुनै पनि एम्बुलेन्सले आनाकानी गर्ने भएकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । अहिले हेटौँडाको गौरीटार आइसोलेशन र हेटौँडा अस्पताल र भरतपुरसम्म कोरोनाका बिरामी लैजानका लागि एम्बुलेन्सले सेवा दिइरहेको मेयर महतले बताउनुभयो । एम्बुलेन्स चाैबीसै घण्टा गौरीटार आइसोलेशनमा राख्ने गरिएको छ ।

बिरामीको फोन आउनेबित्तिकै घरघरमा लिन जाने गरिएको मेयर महतकाे भनाइ छ । कोरोना महामारीको समयमा पालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेपछि नागरिक खुसी भएका छन् ।

हेटौँडा उपमहानगरपालिका गाैरीटारमा ३५ शय्याकाे आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । उपमहानगरपालिकाले आफ्नै लगानीमा ३५ शय्याकाे आइसोलेशन सञ्चालनमा ल्याएको हो । हेटौँडाका कोरोनाका बिरामीलाई उपचार गर्नका लागि सहज होस् भन्ने उदेस्यले डाक्टर सहितको आइसोलेसन सेवा सुरु गरिएको मेयर  महतले बताउनुभयो ।

कोरोना सङ्क्रमणका गम्भीर बिरामीलाई हेटौँडा अस्पतालको आईसीयू र एचडीयूमा राखेर उपचार गरिने र अरू सामान्य खालका बिरामीलाई गौरीटारको आइसोलेशनमा उपचार गरिने उहाँकाे भनाइ छ । अहिले ३५ शय्याकाे आइसोलेशन सञ्चालन गरे पनि अवस्था हेरेर बढाउँदै जाने मेयर महतले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया