हेटाैँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान, उत्पादन सुरु

 जेठ ९, २०७८ आइतबार १३:५:२३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा आइतवार (आज) देखि अक्सिजन उत्पादन सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरेर आजदेखि उत्पादन पनि सुरु गरेको हो । मेयर हरिबहादुर महतले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो । 

कोरोना सङ्क्रमित भएर अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन दिनकै लागि समस्या भएपछि तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको मेयर महतले बताउनुभयो । 

काठमाण्डौ लैजानका लागि रक्सोल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौँडा अस्पतालमा जडान गरिएको हो । अक्सिजन प्लान्ट ल्याउने व्यवसायीले तिरेको खरिद मूल्य ३८ लाख रुपैयाँ उपमहानगरपालिकाले दिने भएपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।  

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ । 

अहिले हेटौँडा अस्पतालमा ५४ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले बताउनुभयो । 

उपमहानगरपालिकाको बिशेष पहलमा अक्सिजन प्लान्ट निर्माण भएपछी धेरै सहज भएको उहाँले वताउनुभयो । 

अस्पतालमा सधैँका लागि अक्सिजन प्लान्ट स्थापना भएपछि धेरै सहज भएको छ । अरु बेलामा पनि बिरामीलाई अक्सिजन खरिद गर्नुपर्ने बाध्यता केही कम भएको छ । उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट अक्सिजन ढुवानी गर्ने काम दिनहुँ गर्दै आएको छ । यस्तै हेटौँडाको गौरीटारमा आइसोलेशन र गोरक्षश्वरमा स्वाब सङ्कलनको काम गर्दै आएको छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया