निर्मला हत्या प्रकरण: गम्भीर घाइतेलार्इ थप उपचारका लागि काठमाडाैं पठाइयाे

 भदौ ९, २०७५ शनिबार १६:२७:१३ | निर्मला खडायत
unn.prixa.net

कैलाली - निर्मला हत्या प्रकरणमा प्रदर्शनका क्रममा गम्भीर घाइते भएका दुई जनालाई सेती अञ्चल अस्पतालबाट काठमाडौं पठाइएको छ ।

अपराधीलाई सजायको माग गर्दै प्रदर्शनमा उत्रेका पाँच जनालाई उपचारका लागि धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा ल्याइएको थियो । 

त्यहाँ उपचाररतमध्ये दुई जनाको अवस्था गम्भीर रहेकोले उनिहरुलाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको सेती अञ्चल अस्पताल इमेर्जेन्सी शाखाका प्रमुख कृष्ण बोहराले बताउनुभयो । 

उहाँका अनुसार बाँकी तीन जनामध्ये एक जना चेतन भट्टको अवस्थामा पनि सुधार आउन नसकेकोले थप उपचारका लागि काठमाडांै रिफर गरिने भएकोछ । 
दुई जना सामान्य बिरामीलार्इ घर पठाउने तयारी रहेको छ । 

घाइतेमध्ये अधिकाँशलाई प्रहरीको गोली र बाँकीलाई सामान्य छर्रा लागेको थियो । बिरामीहरुको उपचार खर्च लागि स्थानीय सरकार र प्रदेश सरकारले ब्यहोर्ने भनेर प्रदेशका मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर तथा उपमेयरले आश्वासन दिएको बोहराले बताउनुभयो । 

यता स्वस्फुर्त युवा समूहले भने प्रदेश सरकारले बिरामीहरुको उपचारका लागि आश्वासन दिएको भए पनि बिरामीको स्वास्थ्यप्रति खासै गम्भीर नभएको बताएको छ । 

सेती अञ्चलमा आएका पाँचैजना बिरामीका लागि आफूहरुले दिनरात खटिएर उपचार गराइरहेको भए पनि कतैबाट सहयोग नपाएको सदस्य बिकेश भण्डारीले बताए ।

मानव अधिकारकर्मीहरु पनि यो घटनामा मौन रहेको भन्दै स्वस्फुर्त युवा समूहका सदस्य जनक बोहराले सामान्य घाइते र सिकिस्त बिरामीहरुलाई स्वस्फुर्त युवा समूहका सदस्यहरुको सक्रियतामा उपचार गराइरहेको बताउनुभएकाे छ ।

उहाँले भन्नुभयो, ʽप्रदेश सरकार सामु उपचारका लागि रकम माग्न गयो भने पहिले बिल लिएर आउ भन्छन् । आफ्नै रकमले कतिन्जेल उपचार गर्न भ्याउने हामीहरुले ?ʼ

अस्पतालले डिस्चार्ज गरेका बिरामीहरुलाई पनि उनीहरुको परिवारसम्म पुर्याउन गाह्रो भएको बताइएकाे छ । 


 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया