बझाङमा बालविवाह रोक्न अभिभावकलाई तालिम

 साउन २४, २०७८ आइतबार ११:२६:१५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङको बिथ्थडचिर गाउँपालिकामा बालविवाह रोकथामका लागि अभिभावकलक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । 

बालविवाहका कारण हुने हिंसालाई कम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो । 

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष तथा यूएनएफपीएको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बझाङको सहकार्य तथा आयोजनामा तीन दिने तालिम सञ्चालन गरिएको हो ।

बिथ्थडचिर गाउँपालिकाले १, २ र ३ नम्बर वडाका अभिभावकलाई हिजो शनिवारदेखि भोलि (साेमवार)सम्म तालिम दिइने जानकारी दिएको छ । 

किशोर किशोरीलाई मात्रै तालिम दिँदा कम प्रभावकारी भएको भन्दै अभिभावकलाई नै तालिम दिइएको गाउँपालिकाले जनाएको छ। 

तालिममा सहभागी अभिभावकहरुले आफूहरुको उमेर नपुग्दै विवाह भएका कारण निकै दु:ख खेप्नु परेको भन्दै छोराछोरीको विवाह भने २० वर्षपछि मात्रै गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया