चीनले आठ महिनामै बेच्याे १७ लाख विद्युतीय गाडी

 भदौ १९, २०७८ शनिबार १४:२८:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले बितेको आठ महिनामा १७ लाख वटा विद्युतीय गाडी बिक्री गरेको छ । अघिल्लो वर्षको जनवरीदेखि अगस्टसम्म ६ लाख वटा विद्युतीय गाडी बिक्री गरेको चीनले यो वर्ष त्यसको झण्डै तीन गुणा अर्थात् १७ लाख विद्युतीय गाडी बिक्री गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सीन गो बिनले विद्युतबाट चार्ज गर्नेदेखि हाइड्रोजन इन्धन लगायत नवीकरणीय उर्जाबाट चल्ने गाडीहरुको बिक्री बढेको बताउनुभएको खबरमा उल्लेख छ । उहाँले सरकारले प्रदुषण घटाउनका लागि नवीकरणीय उर्जाको प्रयोगमा प्रोत्साहन गरिरहेको पनि बताउनुभयो ।

कोरोना महामारीको कारण उत्पादनमा रहेको समस्या समाधान गर्दै थप विद्युतीय गाडीहरु उत्पादन गर्ने मन्त्री गो बिनले बताउनुभएको छ । यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले विद्युतीय गाडीको प्रयोग बढाउन चार्जिङ स्टेशन थप विस्तार गर्ने बताउनुभएको छ ।

हरितगृह ग्याँसको उत्सर्जन रोकेर जलवायु परिवर्तनको असर कम गर्नको लागि विद्युतीय गाडीको प्रयोग महत्वपूर्ण हुने उहाँले बताउनुभएको रोयटर्सले जनाएको छ । उहाँले अहिले रहेका ४३ हजार चार्जिङ स्टेशनलाई बढाएर एक लाख २० हजार पुर्याउने, बसोबास क्षेत्रमा हरेक ५० देखि ६५ किलोमिटरको दुरीमा चार्जिङ स्टेशन राख्ने, चार्जिङ शुल्क घटाउने, चार्जिङ स्टेशनको गुणस्तर बृद्धी गर्ने लगायतका कार्यक्रम अघि सार्नुभएको रोयटर्सले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया