बझाङमा एमाले अध्यक्षसहित १९ निर्वाचित पदाधिकारीले रोजे नेकपा एकीकृत समाजवादी

 भदौ २०, २०७८ आइतबार १८:२५:२६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा नेकपा एमालेका तत्कालीन पार्टी अध्यक्ष दिलबहादुर सिंहसहित १९ जना  जनप्रतिनिधिहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज जिल्ला निर्वाचन कार्यालयमा पुगेर केदारस्युँ गाँउपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारीको नेतृत्व सहितको टोलीले  नेकपा एकीकृत समाजवादी पार्टीलाई रोजेको हो । 

केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी, गाउँपालिकाका उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेशबहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्रबहादुर लुहार विक, वडा नम्बर ३ का वडा अध्यक्ष वीरबहादुर खाती र वडा नम्बर ५ का वडा अध्यक्ष काशीराम धामीले जिल्ला निर्वाचन कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्नु भएकाे हाे ।  

साथै अन्य वडा सदस्यहरुले पनि जिल्ला निर्वाचन कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टी भएको घोषणा गर्दै सनाखत गरेको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । 

यस्तै सनाखत गर्ने अन्य पदाधिकारीमा  वडा सदस्य ज्ञाना जेठारा, कमलाकुमारी भण्डारी, नन्दादेवी सिंह, जुनादेवी ओखेडा, तुलसीदेवी विष्ट, मजिुरादेवी ओखेडा, बाटुलीदेवी ओड, विमलाकुमारी शर्मा, कल्यान धामी, धन बहादुर विष्ट, धन्नाम रावल, कटक दमाई र लालबहादुर कामी रहेका छन् । 

पार्टीलाई २०७५ जेठ २ मा गएको भनिएता पनि व्यवहारमा त्यो लागू नगरेका कारण नेकपा एकीकृत समाजवादी पार्टी आफूहरुको रोजाइमा परेको जिल्ला निर्वाचन कार्यलयमा सनाखत गर्ने जननिर्वाचित जनप्रतिनिधिहरुकाे प्रतिकृया छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया