काठमाण्डौ उपत्यकाको मौसम एक्कासी बद्ली, केही ठाउँमा असिना पानी

 वैशाख १, २०७९ बिहीबार ७:३२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकाको मौसम एक्कासी बद्ली भइ धुम्मिएको छ । बिहान सबेरै घाम लागे पनि बिहान सात बजेपछि मौसम धुम्मिएको हो ।

अहिले दक्षिण पश्चिमी क्षेत्रबाट उत्तर पूर्वी क्षेत्रमा कालो बादल बहिरहेकाले एक्कासी मौसम धुम्म भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार मौसम बद्लीसँगै काठमाण्डौ उपत्यकामा असिना पानी परेको छ । यस्तै, हावाहुरी पनि चल्ने छ ।

यस्तै, भिजिबिलिटी पनि कम हुने छ । मौसमविद् सापकोटाकाअनुसार डेढ दुई घण्टासम्म उपत्यकाको मौसम यस्तै नै रहने छ । त्यसपछि भने यो बादल हट्ने र मौसम खुल्दै जाने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

यसैबीच आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पहाडी क्षेत्रका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन्।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया