गोरखाको सिरानचोक गाउँपालिकामा कांग्रेस विजयी

 जेठ ५, २०७९ बिहिबार १६:१४:३७ | किरण लोहनी
unn.prixa.net

गोरखा – गाेरखाकाे सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विजयी ज्ञानेन्द्र गुरुङले ५ हजार ४ शय ३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १ शय ६८ मत प्राप्त गर्नुभयो ।

पुडासैनी २०७४ सालको पालिका तह चुनावमा पनि अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजु गुरुङसँग पराजित हुनुभएको थियो । अध्यक्षका अर्का उम्मेदवार देवराज श्रेष्ठले १ हजार ५ शय ४५ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसले नै विजय हात पारेकाे छ । कांग्रेसका उम्मेदवार रिता देवकोटाले ४ हजार ८ शय ४ मत प्राप्त गर्नुभयो भने निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी पूर्णकुमारी ढकालले ३ हजार ९ सय २ मत प्राप्त गर्नुभयो । देवकोटा दोस्रो पटक गाउँपालिका उपाध्यक्ष निर्वाचित हुनुभएको हो ।

सिरानचोक नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको घर भएको पालिका हो । श्रेष्ठको घर सिरानचोक ८ मा पर्छ, त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार दलमान गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया