भरतपुरमा रेनु दाहाल विजय सुवेदीभन्दा ५ हजार १ सय ३३ मतले अगाडि

 जेठ ७, २०७९ शनिबार ८:५९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार १ सय ३३ मतले अग्रता बनाउनु भएकाे छ ।

अहिलेसम्म ७० हजार ४ सय ७४ मत गणना गर्दा दाहालले २७ हजार ४ सय १२ मत पाउनु भएकाे छ ।

मेयरका अर्का प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २ सय ७९ मत पाउनु भएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ९ हजार ५ सय ५२ मत पाउनु भएकाे छ । 

यस्तै, उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले २९ हजार ५ सय २५ मत पाउनु भएकाे छ भने उहाँका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले १७ हजार ३ सय २५ मत पाउनु भएकाे छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया