६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

 जेठ ७, २०७९ शनिबार १२:१५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४  गरी ३ सय ५ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९३  र उपाध्यक्ष १ सय ८७  गरी २ सय ८० ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २१ गरी १ सय ८७ पालिकामा जितेको छ । एमालेले उपमेयर ८९ र उपाध्यक्ष १ सय २२ गरी २ सय ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले मेयर २३ र अध्यक्ष ९६ गरी १ सय १९ पालिकामा प्रमुख तथा उपमेयर ३१  र उपाध्यक्ष  ९३  गरी १ सय २४ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५१ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया