पोखरामा आयाेजित साइक्लिङ प्रतियोगिताको उपाधि पुरुषतर्फ हिमाल र महिलातर्फ उषालाई

 असार ४, २०७९ शनिबार २०:३४:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरामा भएकाे राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीका हिमाल टमाटाले जितेका छन् ।

उनले निर्धारित ४५ किलोमिटरको दूरी २ घण्टा ३४ मिनेट १० सेडेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । तीन मिनेट पछि परेका एपीएफका लक्ष्मण मल्लले २ घण्टा ३७ मिनेट ५० सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे । त्यसैगरी कास्कीका हिक्मत विकले २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

महिलातर्फको उपाधि उषा खनालले जितेकी छन् । उनले निर्धारित दूरी ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा पूरा गरिन् । त्यसै गरी ३ घण्टा ३३ मिनेट ७ सेकेण्डमा दूरी पूरा गर्दै लक्ष्मी मगर दोस्रो र ४ घण्टा ५ मिनेट ३ सेकेण्डमा दूरी पूरा गर्दै इन्द्रकुमारी तामाङ तेस्रो भइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइने छ । प्रतियोगितामा महिला तर्फ ५ र पुरुषतर्फ ७६ जना गरी ८१ जना खेलाडीले सहभागीता जनाएका थिए ।

साइक्लिङ प्रवर्द्धन गर्ने उद्देश्यसहित साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता भएको हो । पोखरा १६ मा रहेकाे कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकी डाँडालगायत ठाउँ हुँदै पुन कालीखोलाको पुलमै आएर टुङ्गिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिनुभयाे । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेललाई प्रवर्द्धन गर्न आउँदाे बजेटमा थप नयाँ कार्यक्रमहरु ल्याउने बताउनु भयाे  

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया