देशका केही ठाउँमा ठूलो पानी पर्दै, मनसुन बिस्तारै सक्रिय हुँदै

 भदौ ७, २०७९ मंगलबार १६:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । देशको पूर्वी र मध्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पछिल्लो एक घण्टामा इलामको कन्याम, नुवाकोटको ककनी, सिन्धुलीको केही ठाउँ, दाङको नयाँ बस्ती, म्याग्दीको गुर्जाखानीलगायतका ठाउँमा ठूलो पानी परेको छ । अरू ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । पानी पार्ने मौसमी प्रणाली अहिले पश्चिमतिर सर्ने क्रममा रहेकाले आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । 

स्थानीय रूपमा बनेको बादल र न्यून चापीय रेखाको प्रभावका कारण अब केही दिन मनसुन सक्रिय हुनेछ । केही दिनयता राम्ररी पानी नपरेर गर्मी बढेको थियो । भोलि बुधवार लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । देशका अरू ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया