आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

 भदौ २३, २०७९ बिहीबार ७:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा बिहान केहीबेर हल्का पानी परेको छ । अहिले पानी रोकिएको छ तर मौसम बदली छ ।

केहीबेर पछि मौसम खुल्दै जाने तर दिउँसो पछि फेरि बदली भइ प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

यस्तै, आज राति भने प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसमविद् बासीका अनुसार तत्काललाई लगातार झरी पर्ने सम्भावना छैन । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया