देशका केही ठाउँमा ठूलो पानी पर्दै, १/२ दिन लगातार वर्षाको सम्भावना

 भदौ २३, २०७९ बिहीबार १६:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अहिले काठमाण्डौसहित बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पाँचखाल, खोपासी र आसपासको क्षेत्र, ललितपुरको गोदावरी र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । 

भारतको हिमाञ्चल प्रदेशबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज राति पनि बाग्मती प्रदेश, प्रदेश १ र गण्डकी  प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि मध्य र पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ भने पर्सि शनिवारदेखि भने सुदूरपश्चिम क्षेत्रमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

यसैबीच देशका केही नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पाँचखाल, खोपासी भइ बग्ने चाँखोला, झिकुखोला, रोशी खोला, इन्द्रावती लगायतका नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया