यस वर्षको मनसुन केही ढिलो बाहिरिने, दशैँ ‘हिले’ हुनसक्ने

 असोज १३, २०७९ बिहीबार १६:४२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यस वर्षको मनसुन सरदर मितिभन्दा केही ढिलो बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् ।  मनसुन बाहिरिने मिति अक्टोबर २ तारिख भए पनि निर्धारित मितिभन्दा केही ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

गएको वर्ष पनि मनसुन निर्धारित मितिभन्दा नाै दिन ढिला गरी अक्टोबर ११ तारिखमा बाहिरिएको थियो । अहिलेको अवस्थालाई हेर्दा अहिले मनसुनी गतिविधि निष्क्रियजस्तो देखिए पनि अबको केही दिनपछि मनसुन फेरि सक्रिय हुने सम्भावना छ ।

बङ्गालको खाडीमा न्यून चापीय प्रणाली विकास भएमा नेपालमा पनि पानी पर्ने सम्भावना रहिरहन्छ । त्यसकै कारण यस पटकको दशैँका मुख्य दिनहरूमा देशका विभिन्न भागमा मनसुनी वर्षा हुने सम्भावना छ ।  

अहिलेसम्मको मौसमी गतिविधिका आधारमा यसपालिको दशैँ हिले हुनसक्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । अहिले बङ्गालको खाडीमा विकास भइरहेको न्यून चापीय प्रणाली केही दिनमा पूर्ण बन्ने र त्यो नेपालको पूर्वी क्षेत्र हुँदै पश्चिमतर्फ लाग्दा पानी पर्ने सम्भावना देखिएको हो । अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको  छ । तर नियमित पानी पर्ने वा झरी भने परेको छैन ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया