जाडो बढ्यो : देशभरको तापक्रम लगातार घट्दै

 कात्तिक २७, २०७९ आइतबार ७:१८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर जाडो बढ्दै गएको छ ।  जाडो बढेसँगै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको छ । काठमाण्डौसहित धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको भन्दा आज एक डिग्री सेल्सियसले घटेको छ ।

हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार चिसो बढेसँगै रातको समयमा आकाश सफा भएकाले पनि बिहानको न्यूनतम तापक्रम घटेको हो  ।

आज दिउँसो भने देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । पारिलो घामका कारण दिउँसोको समयमा खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढेको छ । यस्तै, हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो हावा चल्न थालेकाले पनि चिसो बढाएको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया