तापक्रम घट्न थालेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह

 कात्तिक ३०, २०७९ बुधबार १२:१३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – देशभरिको तापक्रम क्रमिकरूपमा घट्न थालेको छ । पश्चिमी वायुको प्रभावले मौसम आंशिकदेखि सामान्य प्रभावित रही तापक्रम क्रमिकरूपमा घट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम भने २२ डिग्री सेल्सियस पुग्ने अनुमान छ । आइतबार काठमाण्डौको न्यूनतम तापक्रम यसवर्षकै कम आठ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

तापक्रम घटेसँगै चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद् वरुण पौडेलका अनुसार न्यूनतम तथा उच्चतम तापक्रम घट्दै जाँदा चिसो बढ्नेछ । सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रदेश एक, वाग्मती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।    
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया