उच्च पहाडी र हिमाली जिल्लाको यात्रा गर्दा ध्यान दिन मौसमविद्को सुझाव

 मंसिर २, २०७९ शुक्रबार ७:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - हिमाली र उच्च पहाडी जिल्ला हिमपात भइरहेकाले त्यस क्षेत्रको यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । पर्वातारोहण वा पदयात्रासँगै अहिले चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली  जिल्लाका मतदान केन्द्रमा पुग्दैछन् ।

हिमपातका कारण समस्या आउन सक्ने भएकाले त्यसतर्फ जाँदा पूर्व तयारी अपनाउन मौसमविद् मञ्जु बासीको सुझाव छ । हिमाली केही जिल्लामा केही दिनदेखिको हिमपातले बाक्लो हिउँ जमेको छ । जसका कारण सुरक्षित रुपमा चुनावका सामग्रीसँगै चुनावमा खटिने टोलीलाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको छ । केही ठाउँमा निर्वाचन आयोगले हेलिकप्टरमार्फत् पुर्याउँदैछ ।  

आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, प्रदेश-१, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने र बेलुकीपख पहाडी क्षेत्रका थोरै ठाउँमा  हल्का वर्षाको अनुमान रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । अनिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया