चिसोसँगै वायु प्रदूषण बढ्यो, इटहरीमा अवस्था सबैभन्दा खराब

 मंसिर २७, २०७९ मंगलबार ८:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिसोसँगै वायु प्रदूषण पनि बढेको छ । हिउँदमा काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदूषण बढ्ने गर्छ ।

आज बिहान साढे ७ बजेको वायु गुणस्तर सूचांक एक्यूआई तथ्यांकअनुसार इटहरीमा हावाको गुणस्तर सबैभन्दा खराब २ सय ३७ रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यस्तै भक्तपुर, दाङको तुल्सिपुर र काठमाण्डौको हावाको गुणस्तर पनि खराब छ ।

भक्तपुरको मध्यपुर ठिमीमा १ सय ७३, तुल्सिपुरमा १ सय ६० र काठमाण्डौमा १ सय ५३ रहेको छ । वातावरण विभागले टोल छिमेकमा खुला रुपमा फोहोर जलाउने काम नगर्न आग्रह गर्दै आएको छ । खुला रुपमा फोहोर जलाएको पाइएमा कारबाही हुने पनि विभागले जनाएको छ ।

साथै विभागले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वातावरण विभागले गएको २२ गते सूचना निकालेर वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुँवा र खुल्ला रुपमा जलाउने फोहोर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको हो । आउँदो पुस १ गतेदेखि परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने विभागले चेतावनी समेत दिएको छ ।

यस्ताे छ, नेपालका प्रमुख शहरहरुमा प्रदूषणकाे अहिलेकाे अवस्था :


 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया