अर्घाखाँची : दूध लिन गएकी महिलाकाे हत्या, भारतीय नागरिक पक्राउ

 पुस १८, २०७९ सोमबार १९:५६:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

प्रतीकात्मक तस्बिर

अर्घाखाँची – अर्घाखाँँचीको शितगंगा नगरपालिका १० बहखोरकी राधा थापा सधैँ झैँ आइतवार बिहान पनि बिहानै उठेर दूध लिन जानुभयो । बिहानै उठेर नजिकैको डुम्रीपाटा गाउँमा दूध लिन जाने उहाँको दैनिकी थियो । 

बहखोरमा होटल व्यवसाय गर्दै आउनुभएकी थापा होटलमा आएका पाहुना तथा ग्राहकलाई चिया खुवाउन भनेर दूध लिन आइतवार बिहान पनि जानुभयो । तर ६० वर्षीय थापा बिहान ९ बजेसम्म पनि दूध लिएर आउनुभएन । दुध लिएर नआएपछि किन ढिला भयो भनेर आफन्तले फोन गरे । दूध लिन जाने ठाउँमा उहाँ नगएको भन्ने थाहा पाएपछि स्थानीयवासी र आफन्तले खोजी गर्न थाले । खोजी गर्दै जाँदा नजिकैको खोल्सीमा थापा मृत अवस्थामा भेटिनुभयो ।  

स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरे । प्रहरी आएर घटना हेर्दा हत्या भएको हुन सक्ने आशङ्का गरेपछि प्रहरी र स्थानीयवासीले हत्याराको खोजी गर्न थाले । खोजी गर्दै  जाँदा थापालाई हत्या गरी भागेका भारतीय नागरिक २३ वर्षीय सुशान्त सिंहलाई प्रहरीले पक्राउ गर्‍याे । 

हत्या गरेर थापाले लगाएका गरगहना लुटेर भाग्दै गरेका भारतीय नागरिक सिंहलाई शितगंगा नगरपालिका ११ को मुन्द्रीबासको जङ्गलबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । हत्याराले थापाले कानमा लगाएका मडहरी, घाँटीमा लगाएका सिक्री लगायतका सुनका गरगहना लुटेर लगेका पाइयो । 

पक्राउ परेका सिंहले खोल्सीमा लुकेर बसी हँसिया र ढुङ्गाले हानेर थापाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । उनलाई जिल्ला अदालत अर्घाखाँचीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया