मकवानपुरकाे मनहरीमा स्कुटर दुर्घटना, तीन जनाको ज्यान गयो

 पुस २९, २०७९ शुक्रबार ८:३०:१८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरकाे मनहरी गाउँपालिका-९ ज्यामिरे भलाद्मीचोकमा स्कुटर दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भलाद्मीचोकमा गएराति ना ३९ प १४३९ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिँदा चालकसहित तीन जनाको ज्यान गएकाे हाे । मृतक तीनै जना एउटै स्कुटरमा रहेका प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा मनहरी गाउँपालिका–८ सिमपानी  बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, स्कुटर चालक ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय  रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । रुपेश र मिलनको भरतपुरमा रहेकाे पुरानो मेडिकल अस्पतालमा पुर्याउने बित्तिक्कै र धर्मराजको आज बिहान ३ बजे उपचारका क्रममा ज्यान गएकाे प्रहरी उपरीक्षक बामदेव गाैतमले बताउनु भयाे ।स्कुटरलाई अरु गाडीले ठक्कर दिएको भनिए पनि ठक्कर दिने गाडीको पहिचान खुलेको छैन ।

स्कुटरलाई ठक्कर दिने गाडीकाे खाेजी भइरहेकाे प्रहरी उपरीक्षक गौतमले बताउनु भयाे । दुर्घटनाका कारण आक्रोशित स्थानीयले गएराति राति ११ बजेदेखि आज बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने गाडी तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया