मौसम : सामान्यता सफा, तापक्रम बढ्न थालेसँगै चिसो कम

 माघ १२, २०७९ बिहीबार ६:५९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पश्चिमी निम्न चापीय प्रणाली कमजोर बनेसँगै पश्चिमी क्षेत्रको मौसम सफा हुन थालेको छ।

हिजोअस्ति वर्षा र हिमपात भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजदेखि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । तर, वर्षा भने हुने छैन ।

पर्सि शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

यसैबीच, देशभरकै तापक्रम बढ्न थालेको छ । वर्षा र हिमपातले पश्चिमी क्षेत्रमा हिजोअस्ति चिसो बढे पनि अब  बिस्तारै तापक्रम बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार पुस महिनामा परेको वर्षाले जाडो बढाउँछ भने माघ महिनाको वर्षापछि बिस्तारै गर्मी बढ्दै जान्छ । यसपालिको हिउँदमा खासै पानी पर्न सकेको छैन । यसले गर्दा सुक्खापन बढेको छ भने कृषि बालीमा नोक्सानी पुगेको छ । यसले दीर्घकालीन असर पर्ने देखिन्छ।

बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियससम्म पुग्न थालिसकेको छ । काठमाण्डौसँगै अन्य ठाउँको तापक्रम पनि बढिरहेको मौसमविद्ले बताएका छन् । तापक्रम बढ्न थालेसँगै चिसो कम हुन थालेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया