धेरै ठाउँको मौसम धुम्म : सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा हल्का वर्षा र हिमपातको सम्भावना

 माघ १७, २०७९ मंगलबार ७:३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरकै मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य प्रदेशमा भने बादल लागे पनि पानी पर्ने सम्भावना छैन । तत्कालका लागि प्रदेश १, बाग्मती, गण्डकी र मधेस प्रदेशमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

मौसमविद् मानन्धरका अनुसार यो हिउँदमा अब हल्का हिमपातको सम्भावना रहे पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन । पानी नपर्दा किसान मर्कामा परेका छन् । हिमपात र वर्षा नहुँदा हिउँदे बालीमा नोक्सानी हुने गरेको छ । यस्तै, सुक्खापन बढेकाले यसपालि आगलागीका घटना समेत बढ्ने जोखिम रहेको छ। 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया