पर्यटन प्रवर्द्धन गर्न रामेछापमा शैलुङ म्याराथन गरिने

 फागुन ६, २०७९ शनिबार १३:५४:४२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको ऐतिहासिक स्थल शैलुङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले पहिलो पटक शैलुङ अल्ट्रा म्याराथन प्रतियोगिता गरिने भएको छ । आउँदो चैत ४ गते सञ्चालन गरिने यस प्रतियोगिताको नाम शैलुङ अल्ट्रा म्याराथन २०२३ राखिएको छ । 

५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटर दुरी गरी तीन विधामा हुन लागेको दौड प्रतियोगिताको मुख्य उद्देश्य जिल्लाको स्थानीय पर्यटन, संस्कृति र परिदृश्य प्रवर्द्धन गर्ने रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो । प्रतियोगितामा महिला/पुरुष सबैले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगीमा सहभागी हुन चाहने खेलाडीको नाम दर्ताको लागि आवेदन खुल्ला गरिएको छ । जसमा म्याराथनमा भाग लिन चाहने नेपाली खेलाडीलाई प्रति खेलाडी प्रवेश शुल्क २ हजार, सार्क राष्ट्रका खेलाडीहरुलाई प्रति खेलाडी ३ हजार र अन्य देशका खेलाडीहरुको लागि प्रति खेलाडी ५ हजार रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक संस्थाले जनाएको छ ।

म्याराथनमा सहभागी खेलाडीहरु मध्ये ५५ किलोमिटरमा प्रथम हुने खेलाडीलाई नगद ७५ हजार रुपैयाँ, दाेस्राे हुने खेलाडीलाई ३५ हजार र तेस्राे हुने खेलाडीलाई २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै २५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद ४० हजार रुपैयाँ, दाेस्राे हुने खेलाडीलाई २० हजार र तेस्राे हुने खेलाडीलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी ५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद १५ हजार, दाेस्राे हुने खेलाडीलाई १० हजार र तेस्राे हुने खेलाडीलाई नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिन जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

म्याराथन प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति रामेछापको व्यवस्थापन र सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका र दोरम्वा शैलुुङ गाउँपालिकाको सहकार्य तथा खेलको प्रायोजकमा हिमालयन ट्रेल रनिङ रहेको छ । प्रतियोगितामा नेपाल बाहेक विभिन्न देशका खेलाडीहरुको सहभागिता हुने अपेक्षा आयोजक संस्थाले लिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया