प्रदेश-१ र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना

 फागुन ८, २०७९ सोमबार ८:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज प्रदेश-१ र बाग्मती  प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर अधिकारीका अनुसार आज अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहनेछ । केही पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना खासै छैन । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

यसपालिको हिउँदयाममा खासै पानी परेको छैन । यसले गर्दा सुक्खा र प्रदूषण बढेको छ ।

यस्तै आज राति प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने माैसमविद्ले बताएका छन् । देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया