प्रदेश १ मा आज मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

 फागुन १२, २०७९ शुक्रबार ८:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रदेश नम्बर १ मा आज शुक्रवार मेघगर्जन/चट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १ का केही क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ ।

अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद्ले बताएका छन् । हिउँदयाम सकिएपछि प्रि–मनसुन सुरु हुन्छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदयाम सकिन अब पाँच दिनमात्रै बाँकी छ । यसपालिको हिउँदमा खासै वर्षा हुन सकेको छैन । यसले गर्दा सुक्खा बढाएको छ ।

प्रि–मनसुनमा सुक्खा हुने, चट्याङ पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना बढ्ने भएकाले सचेत रहन मौसमविद्को सुझाव छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया