देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली : थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

 फागुन १४, २०७९ आइतबार ७:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

आज दिउँसो प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका थोरै ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति प्रदेश एक र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । एक/दुई दिन मौसम यस्तै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्षको हिउँद सकिने क्रममा छ ।

सामान्यतया नेपालमा मंसिर मध्यदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद मानिन्छ । अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद् अधिकारीले बताउनुभयो । प्रि–मनसुनमा सुक्खा हुने, चट्याङ्ग पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना धेरै हुनेगर्छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया