काठमाण्डाै उपत्यकामा साढे ४ महिनापछि वर्षा

 फागुन १४, २०७९ आइतबार १६:३५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा साढे ४ महिनापछि वर्षा भएको छ । यसअघि असोज २८ गतेमात्र काठमाण्डौ उपत्यकामा पानी परेको थियो ।

आज आइतवार काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित सामान्य पानी परिरहेको छ । आकाशमा गड्याङगुडुङ र चट्याङसहित हावाहुरी चलेर वर्षा भइरहेको छ ।

काठमाण्डौ उपत्यकाको भक्तपुर, ललितपुर, कीर्तिपुर, साँखुलगायतका क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण आज देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ ।

आज पोखरा, लमजुङ, गोरखालगायत क्षेत्रमा पनि वर्षा भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाको प्रणाली कमजोर हुँदै गएकाले केही घण्टा मै पानी रोकिने महाशाखाको अनुमान छ । तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया