नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित होला ? यस्तो छ मौसमविद्को अनुमान

 चैत १, २०७९ बुधबार १४:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – भोलि बिहीवार काठमाण्डौ उपत्यकाको मौसम सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने निकै कम रहेको मौसमविद्ले बताएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भोलि नेपाल र यूएईबीच क्रिकेट खेल हुन गइरहेकोले मौसमबारे धेरैको चासो भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् विनाेद पोखरेलले पानी पर्ने सम्भावना निकै कम रहेको बताउनुभएको छ । भोलि दिउँसो १ देखि ३ बजेको बीचमा बदली हुने भए पनि पानी पर्ने सम्भावना निकै कम रहेको उहाँको भनाइ छ ।  

भोलि यूएईसँग हुन गइरहेको खेल नेपालका लागि महत्त्वपूर्ण रहेको छ । भोलिको खेल जितेमा नेपालले विश्व कप छनाेट खेल्न पाउँछ । पानी परेर अङ्क बाँड्दा नेपालको विश्व कप छनाेट खेल्ने लक्ष्य पूरा नहुने भएकोले मैदानमा पानी पर्ने/नपर्नेबारेमा क्रिकेट समर्थकहरूको चासो छ । अहिलेसम्मको अवस्था हेर्दा भोलि कीर्तिपुरमा पानी पर्ने सम्भावना निकै कम रहेको हो ।  तर प्रि–मनसुनको समय भएकोले जुनसुकै बेला फाट्टफुट्ट पानी पर्न सक्ने मौसमविद्हरू बताउँछन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया