'मौसम पूर्वानुमानलाई प्रभावमा आधारित बनाइए जनधनको क्षति घटाउन सकिन्छ'

 चैत ९, २०७९ बिहीबार ८:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व मौसम विज्ञान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रिय मौसम विज्ञान तथा जल विज्ञान सम्बन्धी कामबारे विस्तृत जानकारी गराउन र नागरिकले त्यस्ता कामको विश्वास गर्ने अवस्था सिर्जना गर्नका लागि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम विज्ञान दिवस मनाउने गरिएको छ । यसपालिको दिवसमा मौसम  र जलवायु परिवर्तनले आउने पुस्तामा पार्ने प्रभावलाई जोड दिइएको छ ।

जलवायु परिवर्तनका कारण असर पर्न थालेपछि यसलाई रोकथाम गर्न विश्व समुदायको चासो बढेको छ । जनसङ्ख्या वृद्धि, सहरीकरण र अव्यवस्थित औद्याेगीकरणका कारण वातावरणमा प्रदूषण बढेको छ भने प्राकृतिक  प्रकोपको जोखिम पनि बढेको छ ।

मौसम पूर्वानुमानलाई प्रभावमा आधारित बनाइए सम्भावित विभिन्न प्रकोपमा जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिन्छ । मौसम पूर्वानुमानकै कारण जल, स्थल र हवाई यातायात सञ्चालन गर्न तथा हिमाल आरोहण र खेतीपाती साथै अन्य दैनिक गतिविधि सहज बन्ने छ । विभिन्न देशले मौसमको वैज्ञानिक पूर्वानुमानलाई संस्थागत गरेका छन् ।

सबैजसो देशमा मौसमको निगरानी गरी भविष्यवाणी गर्ने निकाय छन् । संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको विश्व मौसम सङ्गठनले सबै देशका मौसम सम्बन्धी निकायबीच जानकारी, सिप र प्रविधि आदानप्रदान सहज पार्दै आएको छ।

विश्वमै मौसम पूर्वानुमानका आधारमा गरिएका बचाउ प्रयासबाट तुलनात्मक रूपमा आँधी, अतिवृष्टि जस्ता घटनामा मानवीय क्षति कम भएको छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया