पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा हिउँदे वर्षा जस्तो प्रि-मनसुन

 चैत १०, २०७९ शुक्रबार ७:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रि-मनसुन सुरु भएदेखि नै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हिउँदयाममा खासै पानी नपरे पनि प्रि-मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ।

पानी पर्दा खेतीबालीमा फाइदा पुगेको छ । किसानलाई राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका बाली तथा तरकारी सुक्न थालेका थिए । ढिलै भए पनि परेको वर्षाले गहुँ, तोरी लगायतका बालीलाई फाइदा पुगेको छ ।

प्रि-मनसुन सुरु हुनासाथ स्थानीय वायुसँगै पश्चिमी वायु पनि सक्रिय बन्दा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । केही दिनअघि पश्चिमी वायुसँगै स्थानीय वायु र उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणाली सक्रिय हुँदा देशभरकै मौसम धुम्म भएर मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।

प्रि-मनसुनले मनसुनकै झल्को दिएको थियो । तर, दुई दिनदेखि भने मौसम सुधार भएको छ । बेलुकीपख बदली भए पनि केही दिन अघिको जस्तो पानी परेको छैन । तर, आज राति फेरि पश्चिमी क्षेत्रमा भने मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ।

पश्चिमी वायु राति प्रवेश गर्ने सम्भावना रहेकाले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा राति पानी पर्ने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार राति नै यो प्रणाली कमजोर हुने सम्भावना छ ।

यस्तै, आज गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । यी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा हुने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया