प्रदूषण बढेपछि काठमाण्डौसहित धेरै सहरको हावा मानव स्वास्थ्यका लागि हानिकारक

 चैत २९, २०७९ बुधबार ८:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौसहित धेरै ठाउँमा प्रदूषण बढेको छ । आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको हो । यस्तै, गाडीबाट निस्किएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ ।

केही दिनदेखि पानी नपरेकाले पनि प्रदूषण बढिरहेको छ । काठमाण्डौ उपत्यकामा वायुको गुणस्तर सूचकांक (एक्यूआई) ले जोखिम तह नाघेको छ । एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । तर काठमाण्डौको प्रदूषण मापन सूचक एक्यूआई २ सय ४४ पुगेको छ । भक्तपुरमा २ सय २७  छ । त्यस्तै हेटौंडामा १ सय ७२, तुलसीपुरमा १ सय ७० रहेको छ । अन्य सहरमा पनि प्रदूषण बढेको छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि हानिकारक रहेको मानिन्छ । काठमाण्डौसहितका धेरै सहरमा एक्यूआई एक सय ५० भन्दा माथि नै रहेकाले सचेत हुन विज्ञहरुले आग्रह गरेका छन् ।

स्वास्थ्यलाई नै हानी गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कदा मास्क लगाउन स्वास्थ्यविज्ञहरुको सुझाव छ । प्रदूषणकै कारण काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि तुवाँलो लागेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार अझै एक दुई दिनको मौसम यस्तै रहने अनुमान छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया