धेरैजसो ठाउँमा माैसम बद्ली, भोलि पनि देशैभर पानी पर्ने सम्भावना

 वैशाख १६, २०८० शनिबार १८:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज देशका सबैजसो ठाँउँमा बदली भएर धेरैजसो पहाडी क्षेत्रमा सामान्य वर्षा भएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशमा धेरैजसो ठाउँमा बदली र वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिनुभयो । अहिले पनि पहाडी भूभागका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैबीच भोलि भने मौसम बदली र वर्षा अझै धेरै हुने महाशाखाको पूर्वानुमान् छ । भोलि देशका तराईसहित सबैजसो ठाउँमा बदली भएर धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययमसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।

भोलि पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङको सम्भावना धेरै रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

  
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया