बलिउड अभिनेत्री सुस्मिता सेन १५ वर्ष कान्छा माेडलसँग अफेयरमा

 कात्तिक ९, २०७५ शुक्रबार २०:४०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुिस्मता सेन यतिबेला अफेयरका कारण चर्चामा  आएकी छिन् । 

सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् । हालै यि दुवै भारतको आग्रामा रहेका ताज महल हेर्न सँगै गएका थिए । अभिनेत्री सुस्मिता सेन ४२ वर्षीया हुन् भने मोडल रोहमन शल २७ वर्षका हुन् । 

सुस्मिता सेनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गदै लेखेकी छिन् ‘रोमान्स रिटर्न्स ’ । उक्त तस्बिर सार्वजनिक भएसँगै सबैले अब सुस्मिताले उनको प्रेम सम्बन्धलाई सार्वजनिक गर्न चाहेको बताइहेका छन् । 

यसअघि मुम्बई फेशन वीकमा अभिनेत्री सुस्मिता सेनले र्‍याम्प वाक गरिरहँदा दर्शकदीर्घामा बसेका रोहमन सुस्मिता सेनकी दुई छोरीहरुका साथ बसेर चियर गरिरहेका थिए ।

यसबाट उनी र सुस्मिताका छोरीबीचको सम्बन्ध पनि राम्रो रहेको प्रष्ट हुन्छ ।

यसबाहेक मिडियाहरुले कैयौं पटक एयरपोर्टमा सुस्मिता र रोहमन सँगसँगै भएको तस्बिरहरु लिएका थिए । 

सुस्मिता सेनको नाम यस अघि रणदिप हुड्डा, विक्रम भट्ट, मुदस्सर अजीज र ऋतिक भसीका साथ जोडिइसकेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया