आज देशभर पानी पर्ने, सुदूरपश्चिमबाहेकका प्रदेशमा ठूलो वर्षाको सम्भावना

 असार २५, २०८० सोमबार ६:५३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् गंगा नगरकोटीका अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै  पानी पर्ने अनुमान छ। विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

मनसुन सक्रिय रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने पनि मौसमविद्ले बताएका छन् । देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

भोलि पनि देशभरको मौसम बदली भइ पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।  भोलि पनि कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Manoj Kumar Chaudhary.

    July 10, 2023, 7:16 a.m.

    माैसमबिदहरु नाममात्रको माैसमबिद हो कि क्या हो ,पढ्नेबेलामा चिटचाेरेर पास गरेकाे,जागिर खाँदा घुस दियर नियुक्ति पायकाे जस्तो लाग्यो ,खै त पुर्वानुमान कहिल्यै मिलेको पाईन्न, अलिअलि त जस्तै गाेज्याङग्रेले पनि मिलाउछन्।

  •  0 Reply

तपाईको प्रतिक्रिया