सप्तरीमा ठूलो वर्षा : नदी तटीय क्षेत्र र होचा ठाउँमा सतर्कता अपनाउन आग्रह

 साउन ८, २०८० सोमबार ९:१८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ३ घण्टामा फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्र भएर बग्ने खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, आज बिहान इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको महाशाखाले जनाएको छ ।

झापाको बिरिङलगायतका खोलामा बाढी आउन सक्ने जोखिम छ । ती क्षेत्रमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ । आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

काठमाण्डौ उपत्यकाका केही ठाउँमा हिजो बेलुका मुसलधारे वर्षा भएको थियो । मनसुन सक्रिय नै रहेकाले आज पनि काठमाण्डौ उपत्यकाका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया