एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे नेकपा एसले सरकारसँग जवाफ माग्ने

 साउन १०, २०८० बुधबार १८:५०:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ । 

भर्खरै सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज बुधवार सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने जानकारी दिनुभयो ।

व्याख्यात्मक अवस्था घोषणा कार्यान्वयनका लागि संसदीय अनुगमन समितिका लागि पहल गर्ने, समाजवादी मोर्चाका दलबीच मतभिन्नता भए पनि साझा बुँदामा सहमति जनाउने, मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टीपङ्क्तिलाई प्रष्ट पार्ने पनि पार्टीले निर्णय गरेको छ । 

प्रवक्ता खतिवडाले भ्रष्टाचारविरुद्ध सरकारी सक्रियताले नागरिकमा आशा जगाएको पार्टीले ठहर गरेको बताउँदै भ्रष्टाचारविरुद्धको अनुसन्धान तथा कारबाही कुनै पनि बहानामा नरोक्न आग्रह गर्नुभयो ।

‘कृषिमा खपत नहुने श्रमशक्तिलाई उद्योगमा स्थानान्तरण गर्दै देशलाई समृद्धि र समाजवादको बाटोमा अगाडि बढाउन अब ढिलो भइसकेको छ । यो बैठक, कृषि क्षेत्रमा ठोस, योजनाबद्ध र प्रभावकारी कार्यक्रम अवलम्बन गर्न सरकारसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया