दार्चुलाकी राजेश्वरी धनगढीमा मृत फेला, लटिनाथ क्याम्पसका स्ववियु सभापति पक्राउ

 भदौ ८, २०८० शुक्रबार १८:५६:२ | ललित सामन्त
unn.prixa.net

दार्चुला – धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा कार्यरत दार्चुलाकाे मार्मा गाउँपालिका–६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी छिन् ।

कैलालीकाे धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी डडाल हिजाे बिहीवार मृत फेला परेकाे प्रहरीले जनाएको छ । यस घटनामा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयाे ।

मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक डडालले 'सुसाइड नोट' समेत लेखेर छोडेको पारिवारिक स्रोतले जनाएको छ ।

डडाल र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । काेट्टारी दार्चुलाको लटिनाथ क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । उनी गएको स्ववियु चुनावमा अखिल क्रान्तिकारीबाट सभापति निर्वाचित भएका थिए ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया