झापाको जामुनखाडी सिमसार क्षेत्रमा पर्यटकको आवागमन बढ्यो
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै - हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा आएको छ ।
सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने निर्णय कार्यान्वयनको बाटो खुलेको हो।
एकल इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले जारी गरेको अल्पकालीन आदेश हिजो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले खारेज गरेको हो ।एकपक्षीय अन्तरकालीन आदेश बदरको माग गर्दै अन्तरिक राजस्व विभागले पनि साउन २८ गते सर्वोच्चमा निवेदन दर्ता गरेको थियो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आजैदेखि भ्याट लागू भएको जानकारी दिनुभयो । भ्याट लागू भएसँगै हवाई भाडा फेरि महँगो भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् आन्तरिक तथा बाह्य दुवै खालका हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएपछि नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले सर्वोच्चमा रिट दर्ता गराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।